सिराहा नगरपालिकाको संछिप्त चिनारी

सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिका नै हो । यस स्थानको नाम ”सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरु रहेका छन् । धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभं्रश भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ । यस्तै अंग्रेजीमा साथी ९ँभिियध० लाई क्ष्चचबज पनि भनिने र राजा सलहेसले सबैलाई साथीको ब्यवहार गर्ने गरेकोले यही अंग्रेजी क्क्ष्च्च्ब्ज् बाट यस सल्हेस क्षेत्रलाई सिराहा भनिएको हो कि भन्ने अनुमान यस ठाँउका बौद्धिक वर्गले गरेका छन् । यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरुलाई ७५ जिल्लामा बिभाजन गर्दा सम्म सिरहा जिल्लाको वर्तमान क्षेत्र सप्तरी जिल्लामा पर्दथ्यो । एकीकरण पूर्व बाइसे–चौबिसे राज्यहरु जस्तै यस भेगका राजा कर्ण सेन हुनु हुन्थ्यो । यस राज्यको सिमाना पश्चिम कमला नदी देखि पूर्वमा कोशी नदी सम्म थियो, जसलाई चौदण्डी (उदयपुर गढी) भनिने गर्दथ्यो ।

नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रुपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रुपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ ।

वि.सं. २०५३ सालमा नजिकैका ५ वटा गा.वि.स.हरु सिरहा, मखनाहा, मानपुर, बसविट्टा र ठेंगही मिलाई यस नगरपालिकाको स्थापना भएको हो । यसलाई ९ वडामा विभाजन गरिएको छ ।

साविकको सिरहा गा.वि.स. वाट हाल यस नगरपालिकाको वडा १, २, ७ र ८, मखनाहा गा.वि.स. वाट हाल यस नगरपालिकाको वडा नंं. ३ र वडा नंं. ४ को केही भाग, मानपुर गा.वि.स. वाट हाल यस नगरपालिकाको वडा नं. ४ को केही भाग र वडा नं.  ५, बसविट्टा गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ६ तथा ठेंगही गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ९ बनाएको छ । महेन्द्र राजमार्गको चोहर्वाबाट यो न.पा. १८ कि.मी. दक्षिणको दूरीमा रहेको छ, जुन कालोपत्र गरिएको सडक छ । महेन्द्र राजमार्गको मिर्चयाबाट सिरहा जोडने सडक ग्राभेल गरिएको छ । त्यस्तै हुलाकी सडक यस न.पा. को वीचवाट हुदै धनुषा र सप्तरी जिल्ला छोएको छ भने दक्षिणी सिमानावाट भारतको विहार राज्य ३ कि.मी. दुरीमा रहेको छ ।